बिहीबार, जेष्ठ २, २०८२

कर्णालीका प्रदेश प्रमुख अमेरिका जाँदै, सुदूरपश्चिमका प्रमुखलाई कार्यसम्पादन जिम्मेवारी

  
कर्णाली टाइम्स आइतवार, बैशाख २१, २०८२


सुर्खेत। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भएका छन्। उनी जेठ ५ अमेरिका जान लागेका हुन्।

जेठ ५ देखि असार १३ गतेसम्म उनी देश बाहिर रहनेछन्।

जोशीलाई अमेरिकामा उपचारमा जानका लागि बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृती दिएको हो।
प्रदेश प्रमुख जोशी अनुपस्थित हुँदा उनले सम्पादन गर्दै आएका काम सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्नेगरि मन्पिपरिषदले जिम्मेवारी दिएको छ।

मियाँलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।