
किसानको पीडामा डाक्टर केसीले लगाए मलम (भिडियाे रिपाेर्टसहित)
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का कृष्ण खत्रीको पुख्र्यौली घर दैलेख गमौडी हो । श्रीमतीसहित करिब २० वर्षअघि कामको सिलसिलामा वीरेन्द्रनगर आएका थिए । मजदुरी गरेर जेनतेन जीवन धानिरहेका थिए । दुई सन्तानलाई पालेर बसेका कृष्णको जीवनमा सुर्खेत झरेको केही वर्षमै ठूलो बज्रपात भयो । मोटरसाइकलको ठक्करबाट कृष्णको खुट्टा छियाछिया भयो । सम्पत्तिका नाममा कृष्णको परिवारसँग एउटा भैंसीमात्र थियो । मोटरसाइकल चा