
पहिलो चरणमा कर्णालीका साढे ११ हजारलाई कोरोना विरुद्धको खोप लगाईने
सुर्खेत । भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप सबै प्रदेशमा पठाउन थालिएको छ । सरकारले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ नामक खोप सातवटै प्रदेशमा पठाउन लागेको हो ।
कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरुद्धको खोप फ्रन्टलाईनमा रहेर काम गर्नेहरुलाई लगाईने भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोनाविरुद्धको खोप लगाउने प्रस्ताव