बिहीबार, बैशाख ६, २०८१

भेरी नदीमा डुबेर बालिका वेपत्ता

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ५, २०७७

सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्वर१ घाटगाउँका प्रेम विकी १० बर्षिया छोरी लक्ष्मी विक भेरी नदीमा पानी भर्न जाँदा डुबेर बेपत्ता भएकी छन् । आइतबार बेलुका करिब ७ बजेतिर साथीहरूसँग भेरी नदीमा पानी ल्याउन गएको समयमा उनी बेपत्ता भएकी हुन् ।

भेरी धमिलो र अबेर राती भएकोले खोजी कार्य गर्न नसकिएको ईलाका प्रहरी कार्यालय सल्लिबजारले जनाएको छ । सोमबार बिहानैदेखि भेरी नदीमा डुबेर वेपत्ता बालिकाको खोजि कार्य भैरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । भेरी किनारमा बर्सेनि भेरी नदिमा पानी भर्न र नुहाउन जानुपर्ने बाध्यताका कारण कैयौं नागरिकहरु नदीले बगाउँदा अकालमैं ज्यान गुमाएका छन् ।