मंगलबार, चैत्र १३, २०८०

दैलेख क्वारेन्टिनमा खटिएका ३३ सुरक्षाकर्मीमा कोरोना पुष्टि

  
कर्णाली टाइम्स शुक्रबार, असार १२, २०७७

 


सुर्खेत । दैलेखमा रहेका क्वारेन्टाइनमा खटिएका ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारेन्टिइनमा सुरक्षार्थ खटिएका ३३ सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो।
क्वारेन्टिन सुरक्षार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ४ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरी गरी हालसम्म ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए।

फाेकल पर्सन रेग्मीका अनुसार संक्रमित सुरक्षाकर्मीको कार्यालय भित्रै आइसोलेसन कक्ष निर्माण गरी उपचार भइरहेको छ।

सुरक्षाकर्मीसँगै क्यारेन्टाइनमा प्रत्यक्ष जोडिएका १० जना स्वास्थ्यकर्मी र कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ।
दैलेखमा बिहीबारसम्म ७ सय ६ ०जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ ।