सोमवार, कार्तिक १०, २०७७

मेयर सुवेदी काममा फर्किए

  
कर्णाली टाइम्स आइतवार, असोज ४, २०७७
संविधान दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मेयर सुवेदी (बीचमा)

सुर्खेत । करिब ६ महिनाअघि पारिवारिक स्वास्थ्य उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी नियममित काममा फर्केका छन् । करिब तीन साताअघि सुर्खेत फर्केका उनी होम क्वारेन्टाइनपछि यसै सातादेेेेखि कामकाजमा सक्रिय भएका हुन् ।

मेयर सुवेदी भारतमा रहे पनि लकडाउनको बेला कार्यवाहक मेयर मोहनमाया ढकाल र नगरपालिकासँग प्रविधिको माध्यमबाट सम्पर्कमा थिए । उनले संकट समाधान र कोरोना नियन्त्रण तथा रोकथामको लागि आवश्यक समन्वय र निर्देशनको काम गरिरहेका थिए ।

मेयर सुवेदी शनिबार संविधान दिवसको अवसरमा वीरेन्द्रचोकमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । कर्णाली युथ पावरले आयोजना गरेको उक्त कार्यक्रममा वीरेन्द्रचोकमा नयाँ झण्डा फेरिएको थियो । कार्यक्रममा साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल, युथ पावरका स‌याेजक भीम थापालगायत सहभागी थिए ।