शुक्रबार, बैशाख ७, २०८१

कोरोनाबाट सुर्खेतका एक कैदीबन्दीको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, असोज ५, २०७७

सुर्खेत । कोरोना संक्रमणबाट बाँकेमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृतक सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारे निवासी ५८ बर्षिया पुरुष हुन् । बाँकेको भेरी अस्पताल स्थित कोरोना अस्पतालमा उपचारकाक्रममा सोमबार बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि विभिन्न रोगले ग्रसित उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो । भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगी रहेका थिए ।

दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।