आइतवार, असोज १०, २०७८

किन चुँडिन्छन् मुनाहरु ?

  
रत्ना विक बिहीबार, असोज १५, २०७७

हामी उभिएको समाज नर–नारीकोे धरातलमा आधारित छ । श्रृष्टि चलाउनका लागि महिला र पुरुषको बराबर भूमिका रहेको छ । तर आधा धर्ति ओगटेका बालिका/महिलामाथि निकै अन्याय र अत्याचार भइरहेको हामी देख्छौं । विश्व २१ औं शताब्दिको संघारमा आइपुगे पनि नेपाली मुना (बालिका) हरु चु“डिएका छन् । बलात्कार, बेचविखनजस्ता अपराधका सिकार भइरहेका छन् । मानव सम्मानित रुपमा बाँच्न पाउनुपर्छ भनेर अन्तर्राष्ट्रिय रुपमा मानव अधिकार महासन्धि पारित भयो । महिला अधिकार सम्बन्धी महासन्धि पारित भएको छ । बालबालिकाको हक अधिकारलाइ मध्येनजर गरेर सन् १९८९ नोभेम्बर २० मा बालअधिकार महासन्धी पारित भएको थियो । नेपालका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले महासन्धीमा सन् १९९० सेप्टेम्बर १४ तारिखका दिन हस्ताक्षर गरी नेपाल पनि पक्ष राष्ट्र बनि सकेको छ । त्यसपछि नेपालले बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपालको संविधान २०७२ मा महिला तथा बालबालिकाको हकलाई मौलिक हकमा समावेश गरिएको छ ।

यसरी नेपालमा थुप्रै कानुनहरु निर्माण भएका छन् । मानव संरचनालाई हेर्दा बालबालिका शक्ति संरचनाको पिँधमा देखिन्छन् । बालिकाहरुको त झन् कुरै नगरौं । बालिकाहरुमाथि बलत्कार, हत्या, हिंसा, बेचविखनजस्ता अपराधिक घटनाहरु दिनहँु घटिरहेका छन् । महेन्द्रननगरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि अर्को बझाङमा १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि विभत्स हत्या भएको छ । यी घटनाहरु छिटफुट रुपमा बाहिर निस्किएका प्रतिनिधिमूलक घटना हुन् ।

छोरीप्रति समाजको दृष्टिकोण
एकपटक समाजतिर फर्केर हेरौं त । हाम्रो समाजमा ‘छोरा जन्मिदा खसी, छोरी जन्मिदा फर्सी’ भन्ने उखान व्याप्त छ । आफ्नो घरपरिवार नै खुसी नहुनु, छोरीप्रति भरोसा नहुनु, सम्मान नहुनु, अंश र वंशको ग्यारेन्टी नहुनुजस्ता विभेद घरबाटै सुरु हुन्छन् । आफ्नो आमाबुबाबाटै प्रोत्साहन नपाएक बालिकाम ठूलो हुँदै बढ्ने क्रममा खानपान, शिक्षा, स्वास्थ्यलगायत व्यवहारमा विभेदको सिकार हुन्छिन् । विद्यालय, छरछिमेक, समाजमा घुलमिल हुँदै जान्छिन्, त्यहाँ पनि उस्तै बिभेद महसुस गर्छिन् । उसको व्यक्तित्व विकास गर्ने समयमा पनि उसले स्वतन्त्रपूर्वक छोराको तुलनामा छोरीले आपूmमा भएका प्रतिभा प्रस्फुटित गर्ने मौका पाउँदिनन् । छोरीलाई खेलौनाको रुपमा प्रयोग गर्नेजस्ता व्यवहारले गर्दा छोरीहरुमा भएका प्रतिभा पलायन भएका छन् । अपमानित भएका छन् । हिंसा, यौनशोषण, बलात्कार, बेचविखनका सिकार हुन पुगिरहेका छन् ।

बालिकाहरुमाथि अपराध बढ्नुका कारण
बालिकाप्रति हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा बालिकाको सर्वाङ्गिण विकासमा बाधा पुगिरहेको छ । छोरी जन्मिदा गर्भबाटै विभेद सुरु हुनु, बिरामी हुँदा औषधि उपचारमा ध्यान नदिनु, गुणस्तरीय शिक्षा नपाउनु ,बालिकाहरुको व्यक्तित्व विकासका निकायहरुमा सरिक हुन नपाउनु, ‘छोरी मान्छे भएर पनि बोल्ने हो ठूलो मान्छेको अगाडि’ भन्दै बाल्यकालदेखि वाक स्वतन्त्रता बन्द गर्नु, बालिकालाई प्रोत्साहन हुने खालका कुनै पनि निकायबाट कार्यक्रम संचालन नहुनु, बालिकामाथि बलात्कार, बेचबिखनजस्ता घटनाहरु सुनेर, देखेर पनि सरोकारवाला निकायहरु मौन बस्नु, शिक्षा–स्वास्थ्यजस्ता पक्ष कमजोर हुनुजस्ता कारण बालिकामाथि हुने हिंसाका आधार हुन् । अर्कोतिर समाजले बालिकाको लागि भनेर गुनासो सुन्ने निकायहरु नहुनु, विद्यालय, स्थानीय तहहरुमा बालिकाको लागि प्रोत्साहनमूलक कार्यक्रम नहुनु, भइरहेको कानुनको कार्यान्वयन नहनु, बलात्कारजस्ता जघन्य अपराध हुँदा पनि सरोकारवाला निकायहरु र सरकार मौन वस्नु, राजनीतिक आस्थाको आधारमा अपराधीलाई संरक्षण गर्नुजस्ता कमिकमजोरीका कारणले बालिकाहरु बलात्कार, बेचबिखन, हत्या, हिंसाका सिकार भइरहेका छन् ।

बालिकाको हकहित संरक्षण गर्ने भनेको उसको आफ्नो परिवार, नातेदार, विद्यालय, छिमेक, समाज, स्थानीय तह तथा प्रदेश लगायतका जिम्मेवार सरोकारवाला निकाय हुन् । यी निकायहरुले बालिकाको आत्मवल उच्च हुने खालको व्यवहार गर्ने, नीतिनियम निर्माण गर्ने हो भने निर्मला पन्त र सम्झना विकजस्ता निर्दोष बालिकाहरुले अकालमै ज्यान गुमाउनुपर्ने छैन । यी अबोध बालिकाले कसको के बिगारेको थिए, जसले अस्मिता लुटिनेमात्र होइन अल्पायुमै ज्यान गुमाउनुप¥यो । ती कलिला मुनाहरुको जीवनमा के बन्ने सपना थिए होलान् ? बुबाआमाले उनीहरुलाइ के बनाउने सोचेका थिए होलान् ? सारा सपना एकाएक चँुडिएर गएका छन् । भताभुङ्ग भएका छन् । बालिकाहरुको इज्जत, अस्मितामाथि खेलवाड गर्ने नरपिचासलाई कडाभन्दा कडा कारबाही भने भएको देखिँदैन । निर्मला पन्तको पीडकलाई कारबाही गरेको भए सायद सम्झनाको यो अवस्था हुने थिएन होला । दोषिलाई शक्ति, सम्पत्तिको आडमा छोड्ने, राजनीतिक आस्थाका आधारमा छोड्ने प्रवृतिका कारण बलात्कारका घटनाहरुले झन् मलजल पाएको देखिन्छ । दोषिलाई कारबाही नगर्नु भनेको आफैंले निर्माण गरेको, हस्ताक्षर गरेको, प्रतिवद्धता गरेको कानुनको उपहास गर्नु हो । यदि एउटा बलात्कारी, ज्यानमारा सजिलै उम्कियो भने अरु अपराधिक मानसिकता भएका व्यक्तिहरुले पश्रय पाउनेछन् । विधिको शासन, लोकतन्त्र भनेको त केबल देखाउने दाँत मात्रै भएको छ । यी बर्बरतापूर्ण, अमानवीय घटना देख्दा छोरीहरुलाई कसरी जोगाउने, संरक्षण गर्ने भन्ने अभिभावकमा डर, त्रास र चिन्ता पैदा भएको देखिन्छ ।

अब के गर्ने ?
सिंगो समाज एकजुट भएर लाग्ने हो भने निर्मला–सम्झनाजस्ता मुनाहरुको आत्मालाई न्याय दिन र भविष्यमा त्यस्तो हविगत अरु बालिकाका हुन दिनबाट जोगाउन संभव छ । यसको लागि सरकार संवदेशनशील हुनुप¥यो । समाजका अन्य क्षेत्रका मान्छेहरु जागरुक हुनुप¥यो । बालिकालाई संरक्षण गर्ने हामी सवैको कर्तव्य हो । बालिकामागि परेको अन्यायलाई टुलुटुलु हेरेर बस्ने होइन, प्रतिकार गर्ने समाजको स्वभाव विकास गर्न जरुरी छ । यसको लागि घरबाटै छोरीलाई सम्मान दिन संस्कृतिको विकास पनि गरौं । उसलाई प्रोत्साहित गरौं । बालिकाको कुरा सुनेर मौन नबसौं । समाजको मौनता बालिकामाथि हुने हिंसा, हत्या, बलात्कारजस्ता अपराधिक मनोवृत्तिको उर्वरता हो । यसविरुद्ध अहिल्यैदेखि जाग्न जरुरी छ ।

(लेखक सुरक्षित समाज सुर्खेतकी अध्यक्ष हुन्)