शनिबार, बैशाख ८, २०८१

कोरोनाबाट सुर्खेतमा १ जनाको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, मंसिर १, २०७७

सुर्खेत । कोरोना संक्रमणबाट सोमबार बिहान सुर्खेतमा एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-११ निवासी ६२ वर्षीय पुरुषको बिहान ५:५५ बजे प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका-१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरि उपचार थालिएको थियो । प्रोटोकल अनुसारको सबै उपचार गर्दा पनि निको नभएको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।