शनिबार, बैशाख ८, २०८१

भिरबाट लढेर राउटे युवा टेकबहादुरको मृत्यु

  
कर्णाली टाइम्स बुधबार, मंसिर १०, २०७७


सुर्खेत । राउटे समुदायका युवा टेकबहादुर शाहीको भिरबाट लढेर मृत्यु भएको छ । कात्तिक ८ गते बेलुका उनको भिरबाट लढेर मृत्यु भएको हो । चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ बर्षीय टेक बहादुरको मृत्यु भएको हो ।
उनको मृत्यु भएको खबर प्रहरीसँग ढिला आएको र अझै पनि पूरा नआएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय अहिले सुर्खेतको चिङ्गाड गाउँपालिका–२ ढाँडखेतमा बस्छन् । १४५ जना सदस्य रहेकोमा टेकबहादुरको मृत्युपछि अब १४४ भएको छ ।