शनिबार, बैशाख ८, २०८१

ओली समूहको नेकपा कर्णाली इन्चार्जमा मणि थापा

  
कर्णाली टाइम्स बिहीबार, पुस ९, २०७७

केपी ओली समूहको नेकपाले प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ। कर्णालीमा जनार्दन शर्माको ठाउँमा मणि थापालाई जिम्मेवारी तोकिएको छ । हालका सहइन्चार्ज यामलाल कँडेललाई उक्त जिम्मेवारी दिने अनुमान गरिएको भए पनि थापा इन्चार्ज भएका हुन् । थापा पूर्वमाओवादी समूहबाट आएका हुन्। इन्चार्जलाई महाधिवेशन नहुँदासम्मको लागि संयोजन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ। प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन्। उनी ओलीनिकट हुन्। बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन्। यी दुई मुख्यमन्त्री ओलीनिकट हुन्। सुदूर पश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्योग मन्त्री भट्ट पनि पहिला माओवादी थिए।

जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।