शुक्रबार, चैत्र १६, २०८०

सिडियोको शैलीप्रति पत्रकार महासंघको आपत्ति

  
कर्णाली टाइम्स बिहीबार, पुस ९, २०७७

सुर्खेत । नेपाल पत्रकार महासंघले समाचारको विषयमा अनुसन्धान समिति गठन गरेर पत्रकारसँग स्पष्टीकरण लिने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीको शैलीप्रति आपत्ति जनाएको छ । महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो कार्य नगर्न प्रजिअ बद्रीप्रसाद गैह्रेलाई सचेत पनि गराएको छ ।

कात्तिक २८ गते नागरिक दैनिकमा ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ र सोही व्यहोराको समाचार पश्चिम नेपाल डट कममा प्रकाशित भएपछि प्रजिअ गैह्रेले पत्रकारहरु गणेश विशु, गोविन्द केसी र समाचारमा नाम उल्लेख भएका व्यक्तिसँग अनुसन्धान टोलीले सोधपुछ गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो कार्यले स्वतन्त्रपूर्वक समाचार लेख्ने कार्यमा अवरोध पु¥याउने विज्ञप्तिमा जनाइएको छ ।