बिहीबार, बैशाख १३, २०८१

अमेरिकाले थप ८५ लाख डलर सहयोग गर्ने

  
कर्णाली टाइम्स शनिबार, बैशाख १८, २०७८


नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएसँगै अमेरिकाले थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोगमार्फत उक्त सहयोग गर्ने जनाएको हो ।
‘थप सहयोगले नेपालको कोरोना परिक्षण, कन्ट्रयाक ट्रेसिङ, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि हो,’ विज्ञप्तिमा भनिएको छ ।