मंगलबार, बैशाख ४, २०८१

सुर्खेतमा जारी निषेधाज्ञा एक साता थप्न डिसीएमसीको सिफारिस

  
कर्णाली टाइम्स शनिबार, बैशाख १८, २०७८


सुर्खेत । वैशाख १४ गतेदेखि सुर्खेतमा जारी निषेधाज्ञा एक साता थप्न जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी) ले सुरक्षा समितिलाई सिफारिस गरेको छ । शनिबार बसेको डिसीएमसीको वैठकले निषेधाज्ञाको अवधी थप्न सिफारिस गरेको हो ।
कोरोना संक्रमण तथा कोरोनाबाट मृत्यु हुने दर बढ्दै गएकाले अवधि थप्न डिसीएमसीले सिफारिस गरेको हो । यद्यपि यसबारे जिल्ला सुरक्षा समितिले थप निर्णय गर्ने छ ।
वैशाख २१ गते राति १२ बजेसम्म पहिलो चरणको निषेधाज्ञा जारी छ । जिल्ला कोभिड व्यवस्थापन समितिले गरेको सिफारिसका बारेमा छलफल गरेर आइतबार निषेधाज्ञा अवधि थप्ने वा नथप्ने बारेमा निर्णय गरिने सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा प्रदेशका अन्य जिल्लाहरुको भन्दा कोभिडका धेरै संक्रमित छन् । कर्णाली प्रदेश अस्पताल समेत कोभिडका बिरामीले भरिभराउ छ ।
२५ बेड रहेको प्रदेश अस्पतालमाा ३५ जना कोभिडका बिरामीहरु राखिएको अस्पतालले जनाएको छ ।
कर्णाली प्रदेशमा बिहिबार यता मात्र १० जनाको कोभिड संक्रमणबाट मृत्यु भईसकेको छ ।