मंगलबार, असार १७, २०८२

कोभिडको सामना गर्न पूर्वतयारीमा लाग्न मुख्यमन्त्री शाहीको निर्देशन

  
कर्णाली टाइम्स आइतवार, पुस २५, २०७८


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोभिडको सम्भावित तेस्रो लहरको सामना गर्नका लागि पूर्वतयारीमा जुट्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। आइतबार सुर्खेतको पूर्वी क्षेत्रमा अनुगमन गर्दै मुख्यमन्त्री शाहीले स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुलाई कोभिडको सामना गर्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन दिएका हुन्।
जनशक्ति व्यवस्थापनमा सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताउँदै उनले तीन तहका सरकारबीच सहकार्य र समन्वय गरेर संभावित महामारीलाई रोक्न पहल गर्नुपर्नेमा जोड् दिए।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको राजधानी प्रवेशद्वार छिन्चुमा ५० बेडको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेकोले यसले कोभिडको सम्भावित तेस्रो लहरको सामना गर्न सघाउ पुग्ने बताए।
अब कर्णाली प्रदेशमा पहिलेको जस्तो कोभिडको समयमा अक्सिजन अभाव नहुने उनले बताए। कर्णाली प्रदेशमा भित्रिने मुख्य नाकाहरुमा कोरोना परीक्षण गरेर मात्र मानिसलाई प्रवेश गर्न दिने मुख्यमन्त्री शाहीले बताए।
यसको तयारीस्वरुप सर्खेतको पश्चिम नाका कुईनेमा अस्पताल सञ्चालनमा रहेको उनले बताए । बबईबाट आउनेहरुका लागि पनि छिन्चुमा क्वारेन्टाइन बनाउन लागिएको मुख्यमन्त्री शाहीले बताए।