मंगलबार, असार १७, २०८२

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आजबाट सुरु हुँदै

  
कर्णाली टाइम्स बुधबार, पुस २८, २०७८


सुर्खेत। आजदेखि कर्णाली प्रदेश सभाको नवौं अधिवेशन सुरु हुँदैछ। आज दिउँसो ३ बजेका लागि अधिवेशनअन्तर्गतको पहिलो वैठक बोलाईएको कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए।
यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको थियो। नियमित आठौं अधिवेशन भने असार ३० गतेदेखि नै अन्त्य भएको थियो।
आज बस्ने पहिलो वैठकमा सुरुमा प्रदेश सभा वैठकको आह्वानसम्बनधी पत्र पढेर सुनाईने सचिव बुढाथोकीले जानकारी दिए। यस्तै मन्त्रालयको जिम्मेवारी बाँडफाँडबारे पनि संसद्मा जानकारी गराईनेछ।
संसदीय दलका शिर्ष नेताहरुको भनाई राख्ने र विभिन्न विधेयकमाथि छलफल गर्ने एजेण्डा रहेको सचिव बुढाथोकीले जानकारी दिए।