शनिबार, बैशाख ८, २०८१

स्मृती दिवसमा खाद्यन्न वितरण

  
कर्णाली टाइम्स सोमवार, फागुन १९, २०७६

सुर्खेत । वीरेन्द्रनगर–८ का निर्मला शाहीले आफ्नो छोरोको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम वीरेन्द्रनगरमा खाद्यन्न वितरण गरेकी छन् ।

कान्छा छोरा अनमोल शाहीको सम्झानामा सोमवार आश्रममा खाद्यान्न सहयोग गरेकी हुन् ।

छोराको सम्झनामा आफ्नो खाना खर्चका बाट बचाएर आश्रमलाई सहयोग गरेको शाहीले बताइन् ।

उक्त मानव सेवा आश्रममा कर्णाली प्रदेशका १० जिल्लाका असाहय तथा सडकबाट उद्धार गरिएका ४४ जना रहेका छन् ।