शुक्रबार, बैशाख १४, २०८१

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहले लिए पद तथा गोपनीयताको शपथ

  
कर्णाली टाइम्स सोमवार, पुस ११, २०७९


सुर्खेत। कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख तिलक परियारले शाहलाई शपथ खुवाएका हुन्।
६६ बर्षीय शाह कर्णाली प्रदेशका ४० जना सदस्यमध्ये ज्येष्ठ सदस्य हुन्। उनी नेकपा एमालेको तर्फबाट दैलेख २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
शाह नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष हुन्। उनी संघीयता अघि सांसद थिए। त्यतिबेला उनी राज्यमन्त्री बनेका थिए।
सोमबार बिहान शपथ लिएका शाहले कर्णाली प्रदेश सभाका अरु ३९ जना सांसदलाई दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन्। प्रदेश सभामा सभामुख चयन नभएसम्म संसद वैठकको पनि उनले नै अध्यक्षता गर्नेछन्।