बिहीबार, बैशाख ६, २०८१

विद्युत सर्ट हुँदा वीरेन्द्रनगरको उपमेयरको कार्यकक्षमा आगलागी

  
कर्णाली टाइम्स सोमवार, पुस २५, २०७९

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको उपमेयरको कार्यकक्षमा आगलागी भएको छ। आइतबार राती कार्यकक्षमा आगलागी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी निवारीले जानकारी दिए।
उनका अनुसार राती ३ बजेतिर कार्यकक्षमा आगलागी भएको हो। जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको तिवारीले जानकारी दिए।
‘राती अचानक तार सर्ट भएर आगलागी भएको रहेछ, कार्यकक्षमा भएको टेबुल, सोफा लगायतका सामग्रीमा क्षति पुगेको छ।’ तिवारीले भने।
आगलागीबाट २ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री क्षति भएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जानकारी दिए।