बिहीबार, बैशाख १३, २०८१

कर्णाली प्रदेश मन्त्रिपरिषदमा दुई मन्त्री नियुक्त

  
कर्णाली टाइम्स बिहीबार, पुस २८, २०७९


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री र दुई जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहिबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री राजकुमार शर्मा र बिहिबार नियुक्त भएका दुईजना मन्त्रीहरुलाई शपथ खुवाएका हुन्।
कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका मुख्यमन्त्री शर्माले बिहिबार आफ्नो मन्त्रिपरिषदमा दुईजना मन्त्री थपेका हुन्। उनले माओवादी केन्द्रबाट मंगलबहादुर शाही र एमालेबाट विनोदकुमार शाहलाई मन्त्री नियुक्त गरेका छन्।
शाही मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्छन भने शाह दैलेखबाट प्रतिनिधित्व गर्छन्।
नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन।
मुख्यमन्त्रीका लागि माओवादीले दावी पेश गर्नुअघि सत्ता साझेदार दलहरुबीच बुधबार भएको छलफलबाट कर्णाली प्रदेशमा माओवादीले मुख्यमन्त्री सहित चार वटा र एमालेले तीन वटा मन्त्रालय लिने निर्णय भएको थियो।