शुक्रबार, बैशाख ७, २०८१

१२ वर्षसम्म एउटै उपभोक्ता समितिमा वडासदस्य

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ७, २०७६


जगतदल जनाला विक
सुर्खेत । खानेपानी उपभोक्ता समितिको अध्यक्षमा १२ वर्षसम्म एउटै व्यक्ति बसेको पाइएको छ । पञ्चपुरि नगरपालिका –४ का वडा सदस्य रामप्रसाद तिमिल्सिना सोही वडाको बराईचे खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिको २०६४ सालदेखि हालसम्म पनि समितिको अध्यक्षकोरुपमा काम गरिरहेका छन् । स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्था सम्बन्धी कार्यविधि २०७४ मा जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, वहालवाला सरकारी कर्मचारी र शिक्षकले उपभोक्ता समितिमा बस्न नपाउने प्रावधान छ । तर वडा सदस्य तिमिल्सिनाको नेतृत्वको उपभोक्ता समितिले १२ बर्षसम्म पनि ै अध्यक्ष बनिरहेका छन् । खानेपनी संस्थाको विधानमा पनि समितिको कार्यकाल तीनवर्षको रहेको छ । तिमिल्सिना खानेपानी उपभोक्ता समितिको अध्यक्ष मात्र नभएर सोही वडाका वडा सदस्य पनि हुन् । उनको कार्यकालको अवधिमा संस्थाको अडिट र नविकरण समेत हुन सकेको छैन । यसरी वडा सदस्यले १२ वर्षसम्म अध्यक्ष रहेर काम प्रभावकारी नभएपछि खानेपानी संस्था नै समस्यामा परेको स्थानीय रामप्रसाद अधिकारीले बताए । ‘उहाँले संस्थाको विधान अनुसार हरेक वर्र्षको अडिट गर्नुपर्ने, साधारण सभा बोलाउनुपर्ने र तीनवर्षमा नयाँ कार्यसमिति बन्नुपर्ने हुन्छ । तर अहिले उहाँले विधान पनि हराएको र रकमको र्ख बचत विवरण देखाउनु भएको छैन,’ अधिकारीले भने, १२ वर्षमा त ४ वटा समिति बनिसक्नुपर्ने हो ।’
२०४८ सालमा दर्ता भएर संचालनमा आएको उक्त खानेपानी संस्थामा ५ सय २० घरधुरीले उपभोग गरिरहेका छन् ।
उपभोक्ताहरुले वडाका अध्यक्ष सहित पटकपटक खानेपानीका विषयमा ध्यानार्कषण गरेपनि सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् । यता वडा सदस्य तिमिल्सिनाले १२ वर्ष समितिमा रहेको स्वीकार गर्दै नयाँ समिति नबन्दा आफु समितिमा बसेको बताए । ‘चार÷पाँच सय उपभोक्ता संग जाुेडिएको संस्थालाई यसैचटक्क छाडेर जानुपनि भएन तर नयाँ समिति बनाउन सदैव तयार भएपछि सहमति नहुँदा समस्या भएको छ,’ वडा सदस्य तिमिल्सिनाले भने,’ नयाँ समिति बनाउनका लागि सदैव तयार छु ।’