पुस्कल, जसको हातमा सरस्वतीको बास छ
सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका पुस्कल पौडेललाई मूर्तिकलासम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरु बनाउनका लागि पुस्कलसँग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर, उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवीदेवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने पुस्कलको कलाले जिल्लामा मात्र