सुर्खेत १ बाट खड्का एकल सिफारिस, २ बाट ६ जनाको नाम
सुर्खेत। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा एकल र २ मा ६ जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका अनुसार सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । कांग्रेस कार्यवाहक सभापतिसमेत रहेका खड्काको नाम यो क्षेत्रबाट एकल सिफारिस भएक








