सोमवार, जेष्ठ १४, २०८१

सत्य समाचारको संकल्प

  
कर्णाली टाइम्स आइतवार, मंसिर २९, २०७६

कर्णाली टाइम्स कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट प्रकाशित हुने डिजिटल पत्रिका हो । ‘सत्य समाचारको संवाहक’ बन्ने कर्णाली टाइम्सको मूल लक्ष्य हो । हामी हाम्रा पाठकलाई सत्य र विश्वसनीय समाचार प्रवाह गर्ने सवालमा कहिल्यै चुक्ने छैनौं । बे्रकिङको लोभमा गलत र भ्रमपूर्ण समाचार प्रकाशन गर्ने प्रवृत्तिबाट सधैं सजग रहने छौं । विचार, विश्लेषण, खोज र फिचरका माध्यमबाट समाजका विविधखाले सवालको गहिराइमा पुग्ने प्रयत्न हाम्रो रहनेछ । हामी जे देख्नेछौं, त्यो लेख्नेछौं । आग्रह–पूर्वाग्रह, दवाव–प्रभाव र राजनैतिक पक्षधरताबाट मुक्त भएर निर्भिक पत्रकारिता गर्ने हाम्रो प्रण रहनेछ ।

रमेश शाही
प्रधानसम्पादक