शुक्रबार, असोज १८, २०८१

‘कर्णालीका महिलाको क्षमता उजागर गर्छु’: मिसेस ब्युटि विजेता शाही

  
कर्णाली टाइम्स सोमवार, फागुन १२, २०७६


सुर्खेत,१२ फागुन ।
‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाहीले ‘कर्णालीका महिलाको क्षमता उजार गर्ने’ प्रतिवद्धता जनाएकी छन् । उनले चुलोचौकोमा सिमित कर्णालीका महिलाहरुलाई सशक्तिकरण गर्नको लागि अभियान थाल्ने बताइन् । आइतवार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै शाहीले यस्तो बताएकी हुन् ।
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा विजेता हुने कर्णाली प्रदेशकै पहिलो महिला हुन् । देशभरका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को उपाधि हात पारेकी पार्न सफल भएकी थिइन् । लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गर्नुभएकी मिसेस ब्युटी क्विन शाहीले फष्ट नेपाल फाउण्डेशनको तर्फबाट गरिने सेवाहरुमा समर्पित हुने बताइन् । नारी अब चुलो चौकोमा मात्र सिमित छैनन् भन्ने कुरालाई गाउँ समाज र देश तथा विदेशसम्म पु¥याउन जरुरी रहेको उनकोे भनाइ छ ।
पहिलो पटक गृहजिल्ला सुर्खेत आएपछि पत्रकारसँग बोल्दै उनले सफलता अप्ठ्यारो भित्र लुकेको हुँदो रहेछ भन्दै संघर्ष गर्नुपर्ने कुराको जानकारी दिइन् ।
सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ ।
करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए ।