आइतवार, जेष्ठ ६, २०८१

सुर्खेतबाट अन्य जिल्लामा सवारी नचल्ने

  
कर्णाली टाइम्स सोमवार, चैत्र १०, २०७६


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत जिल्लाभित्र मात्रै सवारी साधन चल्न दिने निर्णय गरेको छ । यसका अलावा अत्यावश्यकबाहेक अन्य पसलहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाका सबै व्यापारीलाई दैनिक खाद्य वस्तु, औषधी पसलबाहेक अन्य पसल सञ्चालन नगर्न अनुरोध गरेको हो । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणले भयावह स्थिति निम्त्याउन सक्नेतर्फ सचेत रहेको तर्कसहित जिल्ला प्रशासन कार्यालय सुर्खेतले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ ।
मंगलबारदेखि लागू हुनेगरी यस्तो निर्णय गरिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।