जगतदल जनाला विक
सुर्खेत । कोरोना भाईरस (कोभिड१९) को संक्रमणको चेकजाँच गराउने कर्णालीका डाक्टर नै असुरक्षित भएको बताएका छन् । सरकारले कोरोना भाईरस संक्रमण भइहाले पनि उपचारको पूर्व तयारीका लागि कर्णालीका अधिकांस अस्पतालमा भने चिकित्सकले प्रयोग गर्ने सुरक्षाका सामग्रीहरुको अभाव भएको छ । सामग्री अभावका कारण बिरामीहरुको चेक जाँचमा समस्या भएको प्रदेश अस्पतालमा कार्यरत डाक्टर केएन पौडेलले बताए । प्रदेश अस्पतालमा कोरोना संक्रमणको पुर्व तयारीका लागि क्वारेन्टाइन र आइसुलेसन बेडको निर्माण गरेपनि डाक्टरहरुले सुरक्षाका लागि प्रयोग गरिने सामग्रीको अभाव देखिएको हो ।
अस्पतालमा आउने दैनिक बिरामी चेकजाँचमा करिव २ सय मास्कको आवश्यकता पर्ने भएपनि अस्पताल प्रशासनले मास्क व्यवस्थापन गर्न नसक्दा एउटै मास्क ४ दिन म्म लाउने गरेको डाक्टर पौड्लको भनाई छ । उनका अनुसार संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य अति आवश्यक सामाग्रीहरु प्रयाप्त नभएकाले रोग सर्न सक्ने डरले चिकित्सकहरु चिन्तित भएका छन् ।
यस्तै कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा रहेका हेल्थ डेस्कमा दैनिक पाच हजार जनाले स्वास्थ्य परीक्षण गराएपनि तापक्रम र भाईरस सम्बन्धी मापन गर्ने ‘थर्मल गन’ को भने अभाव देखिएको छ । प्रदेशभरी १३ वटा मात्रै रहेका छन् । सुर्खेतको विमानस्था, बबई, कुइने, सल्यानको कपुरकोट, हुम्ला विमान स्थल र हुम्लाकै एल्वाङमा हेल्थ डेक्सहरु स्थापना गरिएका छन् । कोरोना भाईरस र ज्वरो मापन गर्ने महत्वपुर्ण यन्त्रकारुपमा रहेको ‘थर्मल गन’ को कमी भएपछि स्वास्थ्यकर्मीलाई काम गर्न असहज भएको छ ।