शुक्रबार, बैशाख २१, २०८१

कर्णालीका सभामुख भन्छन् ‘कोरोना प्रतिकार्यमा सरकार वडा केन्द्रीत हुनुपर्छ’

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३, २०७७

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले कोरोना प्रतिकार्यका लागि सबै तहका सरकार वडा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना गरेको सातै प्रदेशका सभामुखहरूसँगको भर्चुअल बैठकमा शाहीले पालिका केन्द्रीत हुँदा वडाहरुमा कोरोना विरुद्धका कार्यक्रमहरु प्रभावकारी नभएकोले वडा केन्द्रीत हुने गरि कार्यक्रम ल्याउन संघीय सरकारलाई आग्रह गरेका छन् ।
‘वडालाई केन्द्र बनाई अगाडी बढ्नुपर्ने र सिमानाकामा विशेषगरी क्वारेन्टाइनको व्यवस्थापनमा थप अनुरोध गरेको छु,’ सभामुख शाहीले भने, स्वदेश, सिमामा र विदेशमा अलपत्र रहेका नेपालीली तत्काल उद्दार गर्नुपर्ने माग राखेको छु ।’
नीजि अस्पताललाई कोरोना नियन्त्रणमा सघाउन अनुरोध गरी यो विषम परिस्थितिमा, नीजि क्षेत्र, विभिन्न संघसंस्थालाई समेत समावेश गराउनुपर्नेमा सभामुख शाहीको जोड थियो ।
सभामुख शाहीले भारतसँगको खुला सिमा नाका भएका कारण त्यहाँबाट आएका थुप्रै कर्णालीबासीहरुका कारण यो क्षेत्र बढी जोखिममा परेकोले संघीय सरकारले कर्णालीमा ठुला क्यापेसिटिका ल्याव, ¥यापिट टेष्ट, किट र उद्दारका सामग्रीको व्यवस्थापन गरिन माग गरेका छन् ।


उनले कोरोनाको जोखिम न्यूनीकरण गर्न परम्परागत र घरेलु उपचार पद्धतिलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
उनले विभिन्न देशमा घरेलु र परम्परागत उपचार पद्धति नै प्रभावकारी देखिएकोले अन्य देशले कोरोना रोकथामका लागी गरेको घरेलु उपाय अपनाउनुपर्नेमा जोड दिए ।

लकडाउनपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियमन्त्रणका लागि प्रदेश सरकारले गरिरहेको काम, स्वास्थ्य सामग्रीको उपलब्धता, संघ, प्रदेश र स्थानीयतहबीचको समन्वय र आगामी नीतिका विषयमा जानकारी समेत गराएका थिए ।