शुक्रबार, बैशाख २१, २०८१

लकडाउनलाई प्रभावकारी बनाउन वीरेन्द्रनगरका पसल ४ घण्टा मात्र खुल्ने

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख ५, २०७७


सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लागु गरेको लकडाउनलाई अझै प्रभावकारी बनाउन अत्यावश्यक पसलहरु खुला गर्न समय परिवर्तन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा र सुर्खेत उद्योग बाणिज्य संघसँग भएको छलफलमा अब अत्यावश्यक पसलहरु दैनिक विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गर्ने निर्णय गरिएको हो ।
संघले पास दिएका व्यवसायीहरुलाई हरेक दिन ४ घण्टा सामाजिक दुरी कायम गरेर सामान विक्री गर्न अनुरोध गरिएको छ । हाल खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान ७ बजे देखि ९ बजे र दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालनमा थिए ।
शुक्रबारदेखि एकपटक मात्र पसल खुल्ला गर्ने निर्णय भएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । छलफलमा अत्यावश्यक पसलहरु बाहेक अन्य पसलहरु पूर्ण रुपमा बन्द नै रहने महासचिव कंडेलको भनाई छ ।
यसअघि लागु गरिएको समयमा अत्यधिक भिडभाड बढेको र लकडाउन कार्यान्वयमा प्रभावकारी नभएपछि समय परिवर्तन गरिएको उनको भनाई छ । उपभोक्तालाई कम्तीमा तीन फिटको दुरीमा राखेर सामान विक्री गर्न महासचिव कंडेलको आग्रह छ ।