सुर्खेत । सुर्खेतको पश्चिममा रहेको चौकुने गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न घोषणा गरिएको लकडाउनका कारणले घर फर्किन नपाएका र बाटोमैं अलपत्र परेका गाउँपालिका भित्रका नागरिकहरूको उद्धार गर्न सुरु गरेको छ ।
रोजगारीका लागि काठमाडौं वा अन्य कामले जिल्लाबाहिर रहेका नागरिकको उद्धार गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । ‘अलपत्र परेका गाउँवासीलाई सम्पर्कमा ल्याउन सूचना जारी गर्दै आफू बसेको स्थानका बारेमा जानकारी दिन आग्रह गरेका छौँ,’ उनले भने भारतबाट फर्किदा झापा र मोरङबाट बैशाख ५ गते गाउँपालिकाका ३१ जना मजदुरलाई उद्धार गरि ल्याएका छौं ।’
अध्यक्ष शाहीका अनुसार गाउँपालिकामा बाहिरबाट ल्याइएका नागरिकलाई अििनावार्य क्वारेन्टाइनमा राखिएको छ र अन्य जिल्लासँग जोडिएका सबै पुल, डुङ्गाहरु समेत पुणरुपमा बन्द गराइएको छ ।
देशभित्रका नागरिकलाई मात्र नभएर भारतमा समेत अलपत्र परेका नागरिकको उद्धार तथा रातहको व्यवस्था गर्न फोन वा एसएमएस गर्न सकिने अध्यक्ष शाहीले बताए ।
काठमाडौं अन्य कुनै पनि जिल्लामा रहेका चौकुने गाउँपालिकाले स्थानीयले गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको मोबाइल नं.९८५११३७८०९, उपाध्यक्ष निर्मला मगर ९८४८१६०७८३, प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल ९८५८०४७३३३ र काठमाडौंमा रहेका तपेन्द्र क्षेत्रीको मोबाइल नं. ९८६६६०३०४६ मा सम्पर्क गर्न गाउँपालिकाले सुचनाबाट आह्वान गरेको छ ।
गाउँपालिकाद्धारा जारी सुचना ।