सुर्खेत । सुर्खेतको बराहताल ३ स्थायी घर भएकी दुर्गा सुनार वीरेन्द्रनगरमा दैनि ज्याला मजदुरी गरेर जिविका चालउँथिन् ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण दर्गाले काम पाइनन् । दैनिक काम गरेर चार÷पाँच सय कमाएर ६ वर्षीय छोरी आरोसी र आफुलाई गुजरा चलाउने उनी १५ सय रुपैयाँ कोठा भाडा तिर्न नसक्दा कोठा छोडेर अर्काको घरको सिडीमुनी बस्न बाध्यता भएकी छिन् ।
‘म ६ वर्षदेखि वीरेन्द्रनगरमा मजदुरी गरेर बस्दै आएकी छु । लकडाउनका कारण काम गर्न पाइएन घरभेटीले बारम्बार भाडा माग्न थाले अनि कोठा नै छाडेर निस्केकी,’ दर्गाले भनिन्, इन्द्रजित सरले यही खाली छ भनेर बस्न दिनु भयो । एक महिनादेखि यही सिडीमुनि आमाछोरीले दिन बिताइरहेका छौं ।’
२१ वर्षिय दर्गा र उनी छोरी अहिले सुर्खेतको वीरेन्द्रनगर–६ स्थित शान्ति टोलमा स्थानीय इन्द्रजित सुनारको घरको भुइँतलाको सिडीमुनि खाट राखेर बस्दै आएका छन् ।
छोरी आरोसी ढेड वर्षको हुँदा उनका श्रीमान् भीमबहादुर रोजगारीका लागि भारत गएका थिए । उनी हालसम्म सम्पर्कविहीन छन् । घर परिवारले पनि हरेनन् माइतीमा भएकी एक्ली आमा उहाँपनि मानसिक रोगी साहाराविहिन भएपछि उनी वीरेन्द्रनगरमा आएर बसेकी हुन् ।
लकडाउनका कारण काम नपाइएपछि उनको चुलोमा आगो बल्न छोडेको छ ।
राहतका लागि उनी वडा कार्यालय र विभिन्न निकायमा पनि नधाएकी होइनन् तर उनले राहत पाउन सकिनन् ।
‘सम्पत्तिका नाममा एउटा खाली ग्यांस, लगाउने कपडा मात्र छन् । सिडीमुनि चिसो ठाउँको बसाई छ,’ उनले भनिन्, राहत माग्न जाँदा नागरिकता देखाउ भने, नभएको नागरिकता कहाँबाट देखाउने ? अनि राहत पाएन ।’
गौरीले ग्याँस सकिएपछि एक्दुई दिन घरभेटीलाई छतमा दाउरा बालेर खाना पकाउन दिन आग्रह गरेर ६ वर्षिय छोरीलाई खाना खुवाइन् ।
यो कुरा थाहा पाएपछि तरुण दल सुर्खेतका अध्यक्ष तथा समाजसेवी हरि विष्टले ग्याँस सहयोग गरेका छन् ।
अध्यक्ष विष्टले अनुसार दर्गालाई एकदुई दिनमा एकल महिला भवनमा व्यवस्थापन गर्न समन्वय भइरहेको बताए ।
विष्टले लकडाउनका कारण समस्यामा परेका मजदुर, विद्यार्थी, विपन्न र दिर्घरोग पिडितहरुलाई सहयोग गर्दै आएका छन् ।