बिहीबार, बैशाख २०, २०८१

तरुणदल सुर्खेतद्धारा साझा घरलाई सहयोग

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख १९, २०७७

सुर्खेत । नेपाल तरूणदल सुर्खेतले वीरेन्द्रनगर ९ स्थित साझा घर नेपाललाई खाद्यान्न सहयोग गरेको छ । साझाघरमा बालबालिका, जेष्ठ नागरिक, शारीरिक अपाङ्गता, मानसिक रोगी लगायत २२ जनाको संख्यामा रहेको उक्त संस्थामा खाद्यान्नको अभाव भएपछि तरुणदलले सहयोग गरेको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।
शुक्रबार साझा घर नेपाललाई २५ किलो १० प्याक मसिनो चामल, १० किलो दाल, ५ पोका तोरीको तेल, ५ पोका आयोडिन नुन र २२ पिस सर्जिकल माक्ससहित अध्यक्ष हरि बिष्ट, तरूण सदस्य राज देवकोटा र व्यवसायी पुर्ण अधिकारीको संयुक्त खर्चमा वडा ९ का अध्यक्ष सुरेश मान्नधरको रोवरमा संचालक तपेन्द्र विकलाई सहयोग हस्तांतरण गरिएको छ ।
कर्णाली प्रदेशकै मानवसेवामा लागि परेको संस्थामा लकडाउनका कारण खाद्यान्नको अभाव भएपछि अध्यक्ष विष्टलाई सम्पर्क गरेको सााझाघर नेपालका संचालक तपेन्द्र विकले बताए ।