सोमवार, मंसिर १७, २०८१

जुम्लामा एकै दिन ८४९ जनाको स्वाब संकलन, सबैभन्दा बढी स्वाब संकलन गरेको दाबी

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ३०, २०७७

 सुर्खेत । जुम्लामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेका हुन् ।

प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले दिएको जानकारी जिल्लाका विभिन्न ८ वटा स्थानबाट स्वाब संकलन गरिएको छ । प्रतिष्ठानले नेपालमै पहिलो पटक सबैभन्दा बढी स्वाब संकलन गरेको दाबी गरेको छ ।
स्वाब संकलनमा २४ जना स्वास्थ्यकर्मी खटिएका थिए । संकलित स्वाब पुल टेस्ट (५जनाको स्वाबलाई एकै ठाउँमा मिसाएर) परीक्षण गरिनेछ ।