बुधबार, फागुन ९, २०८०

कोरोना नियन्त्रणमा नागरिक–सरकार सहकार्यमा जोड

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३१, २०७७

सुर्खेत । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नागरिक समाज र सरकारको सहकार्यमा जोड दिइएको छ । वुधबार वीरेन्द्रनगरमा आयोजना गरिएको नागरिक समाजको भेलाले कोरोना संक्रमणविरुद्ध सरकारी निकायस“ग सहकार्यका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।
नागरिक समाजका प्रतिनिधिले सामाजिक संघसंस्थासँग समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन् । भेलापछि नागरिक अगुवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल र सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलगायतलाई ज्ञापनपत्र बुझाए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री रावलले नागरिक समाजका सुभmावहरुलाई सकारात्मक रुपमा लिदै सहकार्य गर्न तयार रहेको बताए । भेलाले राहत वितरणलाई प्रभावकारी गराउन र वास्तविक मजदुर तथा विपन्नहरुलाई मात्र राहत वितरण गर्न माग गरेको गैरसरकारी संस्था महासंघका अध्यक्ष घनश्याम केसीले बताए । उनले भारतलगायत विभिन्न मुलुकमा अलपत्र परेका नागरिकको उद्दार तथा राहतका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने औल्याए ।

वैठकले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा विपद् न्यूनीकरण तथा व्यवस्थापन, स्वास्थ्य, कृषि र शिक्षालाई जोड दिन आग्रह गरेको छ । सबै तहका सरकारले देशको प्रतिकूल अवस्थापछि कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन आवश्यक रहेको नागरिक अगुवा खिमबहादुर रेग्मीले बताए । उनले अत्यावश्यकीय सेवाको सहज उपलव्धता गराउन माग गरे ।
वैठकले बजारको प्रभावकारी अनुगमन गरी कृतिम अभाव र महंगी नियन्त्रण गर्न प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको अधिकारकर्मी पवित्रा शाहीले बताइन् । उनका अनुसार स्थानीय तथा जिल्लास्तरमा निर्माण भएका क्वारेन्टाइनलाई व्यवस्थित गर्न र बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।