बिहीबार, जेष्ठ ३१, २०८१

केन्द्र सरकारको बजेटमा कर्णाली प्रदेशका ९ वटा आयोजना समेटिए

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ १६, २०७७

सुर्खेत । संघीय सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत बजेटमा कर्णाली प्रदेशभित्रका मुख्य ९ वटा आयोजना समावेश भएका छन्। संघीय सरकारले ल्याएको करिब १५ खर्ब बजेटमा कर्णाली यी आयोजना समेटिएका हुन् । संघीय सरकारले कर्णालीका पुरानै आयोजनालाई निरन्तरता दिनेगरी बजेट विनियोजन गरेको छ।
कर्णालीको पर्यटकीय क्षेत्र स्वर्गकी अप्सराका रुपमा लिइने रारा तालको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण, सुर्खेतमा बहुमुल्य पत्थर प्रशोधन उद्योग स्थापना, दैलेखमा पेट्रोलियम अन्वेषण केन्द्र स्थापना, जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्ने कुरा केन्द्र सरकारको बजेटमा समेटिएको छ।यस्तै नलगाड जलविद्युत आयोजना निर्माणको कामलाई निरन्तरता, सुर्खेतमा रहेका बाढीपीडितलाई सुरक्षित आवास निर्माण, भेरी करिडोर आयोजनाको निरन्तरता, कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला र सुर्खेत–दैलेख सडक खण्डको स्तरोन्नति, कर्णाली करिडोर निर्माण, सुर्खेत विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा विस्तार गर्ने बजेटमा उल्लेख छ।
अर्थमन्त्री युवराज खतिवडाले बिहीबार १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सदनमा प्रस्तुत गरेका छन्। आर्थिक वर्ष ०७७। ०७८ को बजेटको आकार यस आवको तुलनामा घटेको छ।