बुधबार, फागुन ९, २०८०

कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ पुग्यो, मृत्यु हुनेको संख्या ३

  
जगतदल जनाला विक आइतवार, जेष्ठ २५, २०७७

सुर्खेत । कर्णालीमा थप ५४ जना नयाँ संक्रमित भेटिएका छन् । आईतबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६४१ जना पुगेको छ । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार मात्र सल्यानमा २८  जना, सुर्खेतमा २० जना, दैलेखमा ३ जना र कालिकोटमा ३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ५४ जना मध्ये ५१ जनाको पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा र ३ जनाको पीसीआर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जाँच गरिएको हो ।

आईतबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।