शुक्रबार, असार १, २०८१

कर्णालीमा थप ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६३ पुग्यो

  
जगतदल जनाला विक बिहीबार, जेष्ठ २९, २०७७

सुर्खेत । कर्णालीमा मंगलबार थप ५५ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । बिहीबार ५५ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७६३ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । बिहीबार मात्र सुर्खेतका ६ जना, दैलेखका ४८ जना र सुर्खेतको चिङ्गाड गाउँपालिका १ मा बस्दै आएका काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका २ का १ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ५५ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।

बिहीबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।