शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि

संक्रमितको संख्या १२२४, निको भएका ५०५, मृत्यु ४ जना

  
जगतदल जनाला विक बिहीबार, असार ४, २०७७

सुर्खेत। कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । बिहीबार सुर्खेतका ३४ जना, दैलेखका ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।  हालसम्म जम्मा पुष्टि भएको संख्या एक हजार दुई सय २४ पुगेको छ ।

नयाँ संक्रमण पुष्टि हुने सुर्खेत पञ्चपुरी नगरपालिकाका १० जना, सिम्ता गाउँपालिकाका एक जना, गुर्भाकोेट नगरपालिकाका ५ जना, वीरेन्द्रनगर  नगरपालिकाका ६ जना,चौकुने गाउँपालिकाका २ जना, चिङ्गाड गाउँपालिका८ जना र बराहताल गाउँपालिकाका २ जना रहेकाछन् । यस्तै दैलेखको महावु गाउँपालिकाका ७६ जना, दुल्लु नगरपालिकाका २ जना, गुराँसे गाउँपालिकाका ५ जना, भैरवी गाउँपालिकाका १ जना र चामुण्डा विन्द्रासैनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यस्तै बिहीबारसम्म कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ५०५ पुगेको छ । कोरोनाबाट मृत्य हुनेको संख्या ४ जना पुगेको छ । सबै पुष्टि भएकाहरुको पीसीआर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको हो ।

यस्तो छ जिल्लागत संख्या

हालसम्मको जम्मा १२२४ मध्ये जिल्लागत संख्या दैलेख ७२२ जना, सुर्खेत २७१ जना, सल्यान १३७ जना, कालिकोट ४२ जना, जुम्ला २४ जना, जाजरकोट ८ जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

बिहीबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।

स्वास्थ्य सेवा महाशाखाद्धारा जारी संक्रमितहरुकोे जिल्लागत विवरण ।

कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएकाहरुको लिष्ट ।