आइतवार, बैशाख १६, २०८१

जाजरकोटमा २ जनाको शव भेटियो, ५ अझै बेपत्ता

  
कर्णाली टाइम्स शनिबार, असार २७, २०७७

सुर्खेत । जाजरकोटको बारेकोट गाँउपालिका–४ जिरिको सार्की टोलमा बिहीबार राति गएको पहिरोमा परि बेपत्ता भएका थप २ जनाको शव फेला परेको छ । शनिबार २ जनाको शव फेला परेको हो ।

पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ  । अझै ३ जना हराई रहेका छन् । शनिबार ३५ वर्षीय कलु सार्की र ६ वर्षीय सुभाष सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए । पहिरोमा परेकी ५० वर्षीय पुष्षा सार्की, १३ वर्षीय लक्ष्मी सार्की र ११ वर्षीय कमला सार्की अझै बेपत्ता रहेका छन् ।

त्यसै, बारेकोट गाउँपालिका–६ धुमामा शुक्रबार बिहान माथिबाट आएको बाढीले २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई बगाएर बेपत्ता बनाएको छ । बेपत्ता शान्तबहादुर र प्रचण्डको खोजी कार्यमा नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरी प्रमुख  श्रेष्ठले बताए ।