आइतवार, बैशाख १६, २०८१

कर्णालीका थप ७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १३६५ पुग्यो

  
जगतदल जनाला विक शनिबार, असार २७, २०७७

सुर्खेत । कर्णालीका ७ जनामा शनिबार कोरोना पुष्टि भएको छ । शनिबार ७ जना सहित कर्णालीमा हालसम्म एक हजार पाँच सय ९५ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एक हजार तिन सय ६५ संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २ जना र चौरजहारी नगरपालिकाका प्रयोगशालामा १ जनाको पीसीसार परीक्षणमा कोरोना संक्रमित फेला परेकोे कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा• लक्ष्मीनारायण तिवारीले बताए ।
सुर्खेतका ३ जना, जुम्लाका २ जना रुकुमपश्च्मिका १ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण कर्णालीमा ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तो छ जिल्लागत संक्रमितको संख्या
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ४९ जना रहेका छन् । कर्णालीका मात्र हालसम्मको जम्मा १५९५ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७८९ जना, सुर्खेतमा ४१६ जना, सल्यानमा २११ जना, कालिकोटमा ५० जना, जुम्लामा ३४ जना, जाजरकोटमा १९ जना, मुगुमा ५ जना, हुम्लामा २ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।