कर्णाली टाइम्स
मंगलबार, साउन १३, २०७७
सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-१ मा गएराति पहिरोले घर बगाउँदा ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुने पाँचमध्ये ४ जना एकै परिवारका सदस्य हुन् ।
नगरपालिकाको बडलतोला भन्ने स्थानमा रहेको जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका २ छोरा, १ छोरी र १ अर्की उनका आफन्त नाता प्रने बालिका पहीरोमा पुरिएर बेपत्ता भएका छन् ।