शुक्रबार, बैशाख २१, २०८१

बाढी पहिरो पीडितलाई शिक्षकको राहत

  
कर्णाली टाइम्स आइतवार, भदौ २१, २०७७

 

सुर्खेत। कालीकोट नरहरिनाथ गाउँपालिकामा गएको बाढी पहिरोका कारण पीडित भएकालाई त्यहाँ कार्यरत शिक्षकहरुले राहत संकलन गरेका छन् ।

साउनमा गएको बाढी पहिरोमा परेर पीडित परिवारका लागि शिक्षकहरुले राहत संकलन गरेका हुन् ।

बाढी पहिरो पीडितका लागि गाउँपालिकामा कार्यरत माध्यमिक, निम्न माध्यमिक र आधारभूत तहका शिक्षकहरुले राहत संकलन गरेका छन् ।

माध्यमिक तहमा कार्यरत शिक्षकको ७, निम्न माध्यमिक ५ र आधारभूत तहमा कार्यरत शिक्षकको ३ दिन बराबरको तलव गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको गाउँ शिक्षा अधिकृत दुर्गालाल न्यौपानेले बताए ।

‘शिक्षकबाट ५ लाख ८१ हजार बाढी पीडितका लागि राहत संकलन भएको छ,’ उनले भने, ‘पीडामा रहेका केही सहयोग पुगोस भनेर राहत संकलन गरिएको हो ।’

गत साउन र भदौ महिनामा गएको पहिरोमा परी नरहरिनाथ गाउँपालिकाभित्र १९ जनाको मृत्यु भएको छ भने ३ जना अझैं वेपत्ता रहेका छन् । बाढी पहिरोमा परेर करिब ५ सय घरपरिवार बिस्थापित हुन पुगेका छन् ।