बिहीबार, बैशाख २०, २०८१

छिन्चु बजार एक हप्ताका लागि सिल

  
कर्णाली टाइम्स मंगलबार, भदौ २३, २०७७

सुर्खेत । कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बजार एक हप्ताका लागि सिल गरिएको छ ।

नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै भेरीगंगा नगरपालिकाको छिन्चु बजार एक हप्ताका लागि सिल गरिएको हो ।
नगरपालिकाले मंगलबार रातीबाट लागु हुने गरी एक हप्ताका लािग सिल गरेको छ ।

कोरोना भाइरस रोग समुदायमा फैलन सक्ने भएकाले समयमै नियन्त्रण गरी महामारी हुन नदिन छिन्चु बजार सिल गर्न लागिएको नगरपालिका प्रमुख भूपेन्द्रबहादुर चन्दले बताए ।

भेरीगंगाका हालसम्म कोरोना संक्रमितको संख्या ८८ जना रहेको उपप्रमुख रेणु ढकालले जानकारी दिइन् ।
यीमध्ये १० जना सक्रियमध्ये चार जना होम र ६ प्रदेश आइसोलेसनमा बसेका छन् ।