शनिबार, बैशाख १५, २०८१

नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्था

  
कर्णाली टाइम्स शुक्रबार, भदौ २६, २०७७

प्रेम ढुंगाना ‘प्रभात’
नेपाल सर्वहारा श्रमजिवि जनताको प्रतिनिधि ,सामन्तवात दलाल, नोकर शाही, पुजीवादी तथा साम्राज्यवादका शोषण उत्पीडिनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्न र जनताको बहुदलीय जनवाद, समाजवादको स्थापनाद्धारा न्यायपुर्ण समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना २०६ साल बैशाख १० गते भारतको पश्चिम बङगाल राज्यको कलकत्तामा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता विभाजन र एकता तथा उपलब्धि र कमजोरीको लामो इतिहाँस पार गर्दै आज नेपाल राष्ट्रलाई उन्नति प्रगतिको दिशातिर उन्मुख हुँदै नेपाली जनताले ठुलो विश्वास आशा राख्दै नेकपालाई दुई तिहाइको अत्यधिक बहुमत दियर अहिले नेपाली राजनीतिमा सरकार प्रमुखमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्तो गरिमामय पद सम्हालेको अवस्था छ । दुई तिहाइको सरकार छ । यो सरकारलाई काम गर्न न कसैले रोकेको छ, नत कसैले रोक्न सक्छ ।

निरङ्कुश राणा, शाही विरोधी जनअन्दोलनको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । राणा, शाही विरोधि जनआन्दोलनको रुपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई स्थापित गर्न होस या ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस, चाहे निरङ्कुश राजतन्त्र विरुद्ध हमेसा लोकतन्त्रका निम्ति अनवरत अथक र बलिदानी संघर्ष गर्दै आज सरकारको नेतृत्व गरिरहेको अवस्था छ । अहिलेको यो अवस्था नेपाल कम्युनिस्ट पार्टीका लागि एउटा अवसर पनि हो । तर अर्को तर्फबाट ठूलो चुनौती पनि छ । नेपालमा कम्युनिष्टले शासन जमायो सरकारका प्रमुख पदमा सबै कम्युनिष्टका नेताहरु मात्र भए भनेर अन्तरास्ट्रिय जगतको टाउको दुखाईको विषय बन्दै गएको छ ।

एकातिर भारतले सिमा मिच्दैे गिद्दे नजर लगाइरहेको छ । वर्तमान सरकारले अहिलेसम्म कुनै सरकारले गर्न नसकेको काम लिपुलेक कालापानी र लिम्पियाधुरासहित नेपालको नक्सामा समेटेको छ । र यो लागू हुनुपर्छ आफ्नो भुमी एक इन्च पनि मिचिन दिनु हुँदैन ।
अहिलेको यस्तो जटिल अवस्थामा नेपाल कम्युनिस्ट पार्टीहरुका नेताहरु पद र कुर्चिको लडाईंमा होईन एक कित्तामा उभिएर पार्टीको एकता प्रक्रियालाई टुंगो लगाएर जनवर्गीय संगठनको एकता प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गर्दै स्वार्थको राजनीति नगरेर चुनाव भन्दा अगाडि बोलेका र पार्टीको घोषणा पत्रमा सार्वजनिक गरेका कामहरुमा कुनै कसुर बाँकी नराखेर काम अगाडि बढाउनुपर्छ ।

जनतासंग जग्गा छ, लामो समयदेखि जोत भोग गर्दै आएका छन तर जनताको हातमा जग्गाको स्थायी पुर्जा छैन । जमिन भएर पनि सुकुम्बासी जस्तो भएर बस्नु परेको छ । नेपाल कम्युनिस्ट पार्टीको नारा नै छ जसको जोत उसैको भोग भन्ने एक पुस्ता त पुर्जा नपाएर नै गहिसके अब यो पुस्ताको हातमा पनि जग्गाको पुर्जा प्राप्त हुने हो कि नाई ? भनेर अहिले नेपाली जनता चिन्तामा छन । सुखी नेपाल समृद्धि नेपालको नाराले मात्रै हँुदैन यसको लागि त काम पनि गर्नुपर्छ । नेपाली जनताको उन्नति प्रगतिका लागि अन्तर्राष्ट्रिय जगत लगायत विभिन्न मुलुकमा सकारात्मक रुपले आफ्नो राम्रो सम्बन्ध राख्नुपर्ने देखिएको छ ।

नेपाल कहिले कसैको गुलामी नगरी सधैं आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल संसारका सिमित मुलुक मध्ये एक हो । दक्षिण एसियाका सबैजसो मुलुकहरु ब्रीटिस साम्राज्यवादको नियन्त्रणमा पुगेको र उत्तरी छिमेकी चिनमाथी विभिन्न साम्राज्यवादी देशहरुको शासन कायम भएको बेलामा समेत हाम्रा पुर्खाहरुले नेपालको स्वतन्त्रता कायम राख्न विरतापुर्ण संघर्ष र बलिदानी योगदान गरेका थिए । त्यसैले नेपाल राष्ट्र अहिले पनि कसैको अधिनमा रहँदैन । विगत नेपाल भारत बिच १९५० को शान्ति र मैत्री सन्धि मार्फत नेपाल, भारतको सम्बन्ध बन्दै आएको थियो । खुल्ला सिमाना भएका कारण भारतीयहरु पनि नेपालमा छ्न । नेपालीहरु पनि भारतमा विभिन्न काम गर्दै आएका छ्न ।

नेपाली प्रवासीने रहरले होईन वाध्यताले हो । स्वदेशमैं रोजगार, शिक्षा, स्वास्थ्य र प्रगतिका उपाय सरकारले दिए । प्रवासी नेपालीहरु आफ्नो सम्पूर्ण घरपरिवार जन्मभुमि छोडेर ‘आँशुका धारा चुहाउँदै बाचे भेटौला’ भन्दै प्रवासीनु पर्ने थिएन । त्यसैले अहिलेको कम्युनिस्ट सरकारले नेपालका युवा शक्तिलाई अब विदेश लगायत खाडी मुलुकमा होईन स्वदेशमंै रोजगारीको व्यवस्था गर्ने योजना ल्याउनुपर्छ । हामी भारतमा बसोवास गर्ने आम प्रवासी नेपालीहरुलाई पनि थुप्रै समस्या हरु छ्न । प्रवासी नेपालीहरुलाई आईपर्ने समस्याहरुलाई हाम्रो गौरवमय संगठन प्रवासी नेपाली संघ भारतले बेला बखतमा सहयोग गर्दै आएको छ ।

तर पनि हामी प्रवासी नेपालीहरुले पाउने हक अधिकार पाउन सकिरहेका छैनौं । विभिन्न समस्याहरु छन त्यसको समाधानको लागि नेपाल सरकारले भारतसंग कुटनैतिक पहल गरि समाधान गर्नु पर्ने देखिएको छ । बिगतदेखि राम्रो सम्बन्ध रहेको भारतसंग नेपालको सम्बन्ध चिसिँदै गएकोले हामी भारतमा बसोबास गर्ने आम प्रवासी नेपाली र घरवासी नेपालीलाई केही समस्या हुन सक्ने समेत संकेत देखिएकोले सरकारले यो विषयमा पनि कुटनैतिक पहलबाट समाधानको पहल गनुपर्छ ।
कम्युनिष्टहरुको भाषण नेपाली जनताले धेरै सुनेका छ्न । अब गरेर देखाउनपर्छ अहिलेको जस्तो कम्युनिष्टहरुलाई काम गर्ने कहिल्यै पनि यस्तो राम्रो अवसर मिल्ने छैन ।

अहिलेको राजनीतिलाई कसरी विश्लेषण गर्ने ठ्याक्कै भन्न सक्ने स्थित छैन । तर पनि एउटा ध्रुवीकरण देखिएको छ ।
साँच्चिकै जनतालाई दल अथवा नेताले ढाँटेको छैनन्, फोहरी खेल खेलेका छैनन् भनने कम्युनिष्टहरुले नेपाली जनता माझ गरेका बाचाहरु पूरा गर्ने दिन आएको छ । कम्युनिष्ट पार्टी भनेको दुःखी र शोषणमा परेका मान्छेहरुको पार्टी हो । अब अहिले यस्ता सबै समस्या पूरा गरेर देखाउने बेला आएको छ ।

अहिले राष्ट्रपति, उपराष्ट्रपति ,प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख कम्युनिष्टहरु भएका छन् । सत्ता नै कम्युनिष्टको हातमा आएको छ । नेपाली जनतालाई बारम्बार ढाटिँदै आए जस्तो गर्ने अवस्था अहिले छैन । ‘हामी सत्तामा थिएनौं, हामीलाई काम गर्न दिइएन, हाम्रो सरकार गिराउने खेल भो’ आदि कुराबाट मुक्त भएका छन् । कम्युनिष्टहरुले कर्तव्य निष्टताको परिचय गराउँदै समृद्धि तर्फ लाग्ने पार्टी भएकोले अब आशाको केन्द्र बन्दै गएको कुरा नेपाली जनताले भन्ने छन ।

अब नेपालका कम्युनिष्टहरु काम र भिजनले चिनिनेछन् । अब उनीहरु पन्छिन पाउनेवाला छैनन् । जनता सामु अब कुनै झुट टिक्नेवाला छैन । अब कम्युनिष्टहरुको भाषण र आश्वासनको जनताले विश्वास गर्ने छैनन् नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले स्पष्ट काम गर्नुपर्छ, देश विकासमा जोड दिनुपर्छ । अहिले खाडी मुलुकमा सस्तो दरमा आफ्नो श्रम बेच्न बाध्य युवाहरूलाई देशमैं रोजगारीको बाटो खोलिनुपर्छ विश्वभरी फैलिएको कोरना भाइरसका कारण धेरै ठुलो समस्या देखिएको छ ।

बिगत केही समय पहिला बिदेशबाट स्वदेशमा आई क्वारेन्टिनमा बसेर आफ्नो घरमा गएका तमाम युवाहरु छाक टार्न गारो भएर पुनः आफ्नो ज्यानलाई जोखिम पारेर आाशुका धारा चुहाउादै बिदेशिन बाध्य भएका छन । त्यसैले कुराले मात्र देश बन्दैन काम गरेर देखाउनुपर्छ र देश बिकासमा जोड दिनुपर्छ । नेपाली जनताको चाहना पूरा हुने सपना अहिलेको यो सरकारले देखाउने छ । नेपाली जनता हेर्न आतुर छन् । यस्तै हालत हो भने नेपाली कम्युनिष्ट आन्दोलन ओरालो नलाग्ला भन्न सकिदैन । यदि भने अनुसार काम भयो भने नेपालका कम्युनिष्ट पार्टी र अहिलेको सरकार नेपाली जनताबाट धन्यवादको पात्र बन्ने छ ।
लेखक प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समितिका सचिव हुन् ।