शनिबार, जेष्ठ ५, २०८१

शनिबार ८ जना सुरक्षाकर्मीसहित २१ जनामा कोरोना पुष्टी

  
कर्णाली टाइम्स शनिबार, भदौ २७, २०७७

सुर्खेत। कर्णालीमा शनिबार थप २१ जनामा कोरोना पुष्टी भएको छ ।

प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ ।

शनिबार संक्रमित हुनेमा ३ जना थुनुवा, ८ जना सुरक्षाकर्मी र ३ जना बैंकका कर्मचारीहरु रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । उनीहरूको स्वाब जनस्वास्थ्य कार्यालय परिसरबाट संकलन गरिएको हो ।

संक्रमित हुनेमा सुर्खेतका ६, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

श्निबार मात्र कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या दुईहजार तीनसय ९५ जना छन् । कर्णालीमा संक्रिय बिरामीको संख्या तीनसय ७५ जना रहेको छ ।