शनिबार, साउन १२, २०८१

जन्मदिनमा खाद्यान्न वितरण

  
कर्णाली टाइम्स बुधबार, भदौ ३१, २०७७

सुर्खेत । जन्मदिनको अवसरमा बुधबार एपीवानकर्मी रमन न्यौपानेले साझाघर नेपाललाई चामल, दाल लगायत खाद्यान्न सहयोग गरेका छन् ।
अशाहय, अनाथ, जेष्ठ नागरिक, बेसारा गरी २५ जना बस्दै आएको साझा घर जन्मदिन, बैवाहिक वर्षगाँठ, संघसंस्थाका वार्षीक उत्सव र मुट्ठी दानबाटै सञ्चालन हुँदै आएको छ ।

साझाघरका सेवक तपेन्द्र विकलाई खाद्यान्न हस्तान्त्रण गर्दै न्यौपानेले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा सहयोग गर्नुपर्ने सोचअनुसार पहिलो पटक यसरी जन्मदिन मनाएको बताए ।

कोरोनामा महामारीमा साझाघरका बालबालिका र आमा बुवालाई खाद्यान्नको अभाव भइरहेका बेला न्यौपानेको सहयोगले ठुलो राहत भएको बताए ।