शनिबार, कार्तिक १०, २०८१

हुम्लामा विमानस्थल प्रमुख बस्ने घरमा आगलागी

  
कर्णाली टाइम्स बिहीबार, मंसिर १८, २०७७


सुर्खेत । हुम्लाको सिमकोट विमानस्थलका प्रमुख बस्ने घरमा आगलागी भएको छ । बिहिवार बिहान विमानस्थल प्रमुख विष्णु अधिकारी बस्ने विमानस्थल क्षेत्र भित्रको उक्त घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ५ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
बाँकी क्षतिको बारेमा बुझ्ने काम भईरहेको डिएसपी सुवेदनी बताए । नेपाली सेना र प्रहरीको टोली घटना स्थलमा खटिएको उनले बताए ।