शनिबार, कार्तिक १०, २०८१

दैलेखका ८७ बर्षीय कोरोना संक्रमितको मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, मंसिर २५, २०७७


सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा दैलेखका कोरोना संक्रमति एक जना वृद्धको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिवार बिहान उनको मृत्यु भएको हो ।
दैलेखको गुराँस गाउँपालिका–५ का ८७ बर्षी ति बृद्धलाई सास फेर्न गाह्रो भएपछि मंसिर १५ गते प्रदेश अस्पतालमा भर्ना भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
भर्ना भएकै दिन एक्सपर्ट विधीबाट उनको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको उनले बताए । उनलाई अझ गाह्रो भएपनि २४ गतेदेखि ईन्सुलिनबाट उपचार सुरु गरिएको थियो ।
बिहान ८ बजे मृत्यु भएका ति वृद्धको जनस्वास्थ्य कार्यालय सुर्खेत र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गर्ने कार्य भईरहेको कँडेलले जानकारी दिए ।

योसँगै कर्णाली प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितकाे संख्या २१ पुगेकाे छ ।