शनिबार, कार्तिक १०, २०८१

हिजो कर्णालीका ईञ्चार्ज बनेका मणि आज बने मन्त्री*

  
कर्णाली टाइम्स शुक्रबार, पुस १०, २०७७

सुर्खेत । बिहिवार केपी ओली समूहको नेकपाले प्रचण्ड–नेपाल समूहका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरलाई जिम्मेवारीमुक्त गरी मणि थापालाई ईञ्चार्ज तोक्यो । हालका सहइन्चार्ज यामलाल कँडेललाई उक्त जिम्मेवारी दिने अनुमान गरिएको भए पनि थापालाई इन्चार्ज तोकिएको थियो ।

उनै थपा आज मन्त्री बनेका छन् । केही बेरअघि सम्पन्न मन्त्रिपरिषद वैठकद्वारा प्रधानमन्त्रीले उनलाई मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापालाई खानेपानी मन्त्रीको जिम्मेवारी दिईएको छ ।*

थापा पूर्वमाओवादी समूहबाट आएका हुन् । इन्चार्जलाई महाधिवेशन नहुँदासम्मको लागि संयोजन गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

उनीसँगै अरु दुई जनालाई पनि मन्त्रीको जिम्मेवारी दिईएको छ । श्रम मन्त्रीमा प्रभु साह, उर्जा मन्त्रीमा टोपबहादुर रायमाझीलाई मन्त्रिपरिषदको वैठकबाट जिम्मेवारी तोकिएको हो । थापासहित तीनैजना मन्त्रीको सपथ आजै सात बजे हुने जनाईएको छ । तीनै जना पूर्वमाओवादी हुन् ।