शनिबार, कार्तिक १०, २०८१

भेरी नदीमा बस खस्यो

  
कर्णाली टाइम्स बिहीबार, पुस २३, २०७७


सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ । बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यद्यपि मृतकको पुष्टि भने भएको छैन । बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ । घटनाबारे थप विवरण आउन भने बाँकी छ ।